images
images
  • प्रम बालेनको खल्तीमा सेना, प्रहरी गुप्तचर विभाग, कानुनी मान्यता दिँदै

    काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई कानुनी आधार दिन सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्ने भएको छ ।

    सरकारले कार्यविभाजन नियमावली, २०८३ मार्फत गृह मन्त्रालयअन्तर्गत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो ।

    अब सो व्यवस्थालाई कानुनमै समेट्न ऐन संशोधनको प्रक्रिया अघि बढाइएको हो ।

    राष्ट्रिय अनुसन्धान विभाग विगतमा विभिन्न समयमा गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच स्थानान्तरण हुँदै आएको छ ।

    हालको संशोधनले प्रधानमन्त्री कार्यालय मातहतको व्यवस्थालाई कानुनी मान्यता दिने उद्देश्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images