काठमाडौं– सार्वजनिक पदमा रहेका तथा रहिसकेका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनका लागि गठित आयोगमा ११ हजारभन्दा बढी उजुरी परेका छन् ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आयोगमा प्राप्त उजुरीमाथि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठन भएको आयोगले पहिलो चरणमा २०६२÷६३ देखि २०८२८३ सम्म सार्वजनिक पद धारण गरेका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा उच्च कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नेछ ।
दोस्रो चरणमा २०४८ देखि २०६१÷६२ सम्मका सार्वजनिक पदाधिकारीको सम्पत्ति परीक्षण गरिने योजना छ ।
यद्यपि, सरकारने ११ हजारभन्दा बढी उजुरी परेको बताए पनि कति उजुरी प्रारम्भिक अध्ययनमा छनोट भए, कति दोहोरिएका छन् वा कति व्यक्तिविरुद्ध परेका हुन् भन्ने विवरण सार्वजनिक गरेको छैन ।
आयोगले प्रमाणसहितका उजुरीलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउने जनाएको छ ।






















