images
images
  • गगन–देउवा पक्षको विवाद उत्कर्षमा पुग्यो, कांग्रेस फुट्ला ?

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टी फुट्ने हल्लाको खण्डन गर्दै कांग्रेस अहिले पनि एकढिक्का रहेको र भविष्यमा पनि नफुट्ने बताएका छन् ।

    १५औँ नियमित महाधिवेशनको तयारीबारे गरिएको कुराकानीमा उनले संस्थापन इतर समूहका गतिविधिलाई अस्वाभाविक रूपमा नलिएको स्पष्ट पारे ।

    सम्पर्क कार्यालय खोल्ने वा भेला गर्ने अधिकार सबैलाई भए पनि त्यसको नाममा पार्टी कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ ।

    घिमिरेले विशेष महाधिवेशन विधिसम्मत रहेको र त्यसलाई निर्वाचन आयोग तथा सर्वोच्च अदालतले वैधानिकता दिइसकेको उल्लेख गर्दै अब सबै नेता–कार्यकर्ता एकताबद्ध भएर असोज १६–१९ गते तय गरिएको १५औँ महाधिवेशन सफल बनाउन लाग्नुपर्ने बताए ।

    उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि गुटबन्दी अस्वस्थ हुन नहुने धारणा राख्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन आफूहरू प्रतिबद्ध रहेको बताए ।

    साथै, आफूभन्दा सक्षम युवा नेतृत्व आए सहज रूपमा जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images