images
images
  • इरानले आणविक केन्द्रमा निरीक्षण रोक्ने र होर्मुज बन्द गर्ने निर्णय

    काठमाडौं– इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टिमा तेहरानमा ठूलो जनसहभागिता देखिएको छ ।

    समारोहमा सहभागीहरूले अमेरिका र इजरायलविरुद्ध नारा लगाउँदै बदलाको माग गरेका छन् ।

    खामेनीको अन्तिम यात्रा ६–९ जुलाईसम्म तेहरान, कोम, नजफ, कर्बला हुँदै मशहदमा सम्पन्न हुने कार्यक्रम छ ।

    यसैबीच, इरानले अमेरिकासँगको अप्रत्यक्ष वार्ता स्थगित गरेको छ र आफ्ना प्रमुख आणविक केन्द्रमा अन्तर्राष्ट्रिय निरीक्षण रोक्ने निर्णय गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मानवीय आधारमा अन्त्येष्टि सम्पन्न गर्न समय दिएको बताएका छन् ।

    खामेनीको मृत्युपछि नयाँ नेतृत्वले थप आक्रामक सुरक्षा रणनीति अपनाउने संकेत दिएको विश्लेषण गरिएको छ ।

    इरानले होर्मुज जलडमरूमध्यलाई आफ्नो प्रमुख रणनीतिक दबाबको माध्यम बनाउने सन्देश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images