काठमाडौं– टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरानबीच भएको शान्ति सम्झौता विफल बनाउन इजरायललाई अनुमति दिन नहुने बताएका छन् ।
इस्तानबुलमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले मध्यपूर्वमा दिगो शान्तिका लागि क्षेत्रीय देशहरूको समर्थन अपरिहार्य रहेको बताए ।
इजरायली सरकारले सम्झौता कमजोर पार्ने प्रयास गरिरहेको दाबी गर्दै उनले त्यसले क्षेत्रलाई फेरि युद्धतर्फ धकेल्न नहुने चेतावनी दिए ।
एर्दोगानले गाजा, लेबनान र सिरियामा इजरायलको सैन्य कारबाहीको पनि आलोचना गरे ।
यसअघि टर्कीका विदेशमन्त्री हकान फिदानले पनि इजरायल नयाँ शत्रु खोज्ने रणनीतिमा लागेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















