काठमाडौं– आज सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेर २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेर ४ हजार ६ सय ५ रुपैयाँमा कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय ७६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















