images
images
  • १०० दिने प्रतिफल : ६६६ पक्राउ, ११ हजार उजुरी दर्ता, २ करोड बढी सहकारीको बचत फिर्ता

    काठमाडौं– सरकारले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै ६६६ जना बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा–खेलकुद मन्त्री सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी दर्ता भएको र राष्ट्रिय सदाचार नीति–२०८३ जारी गरिएको जानकारी दिए ।

    उनका अनुसार १० वटा सहकारीमार्फत बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ फिर्ता गरिएको छ ।

    मल, औषधि तथा अत्यावश्यक सामग्री खरिदलाई सहज बनाउन सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन विधेयक सङ्घीय संसद्मा पेस गरिएको पनि सरकारले जनाएको छ ।

    प्रवक्ता पोखरेलले सरकार गठनसँगै सङ्घीय मन्त्रालयको संख्या १८ मा सीमित गरिएको, १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको र यसबाट वार्षिक करिब २० अर्ब रुपैयाँ खर्च बचत हुने अनुमान गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images