images
images
  • अर्थमन्त्रीले नै भने– ‘नेपाल कालोसूचीमा पर्दैछ’

    काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल अहिले खैरोसूचीबाट कालोसूचीमा झर्ने उच्च जोखिममा रहेको बताएका छन् ।

    शनिबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा जवाफ दिँदै उनले २०८१ फागुनदेखि नेपाल खैरोसूचीमा रहेको स्मरण गराउँदै आवश्यक सुधार, सुशासन र वित्तीय अनुशासनमा तत्काल सुधार नगरे कालोसूचीमा पुग्ने चेतावनी दिए ।

    उनका अनुसार कालोसूचीमा परे नेपालको अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध, वैदेशिक लगानी र साखमा गम्भीर असर पर्नेछ ।

    उनले प्रभावकारी कानुन कार्यान्वयन, सुशासन र अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै नेपाललाई खैरोसूचीबाट बाहिर निकाल्ने सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images