images
images
  • यी हुन् विश्वविद्यालयमा भर्ती गरिएका ७ रास्वपा कार्यकर्ता

    काठमाडौं– सरकारले एकैपटक सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ ।

    कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नियुक्त गरेका सात उपकुलपतिमध्ये चार जना इन्जिनियरिङ पृष्ठभूमिका छन् ।

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३२ वर्षदेखि काठमाडौं विश्वविद्यालय (केयू) मा कार्यरत प्राडा भोला थापा नियुक्त भएका छन् ।

    उनी यसअघि केयूका उपकुलपति, रजिस्ट्रार र इन्जिनियरिङ संकायका डिन भइसकेका अनुभवी प्रशासक हुन् ।

    सुदूरपश्चिम विश्वविद्यालयमा प्राडा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्राडा राजन सुवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा प्राडा सुजनबाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन् ।

    त्रिविको नेतृत्व सम्हालेका थापासामु विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गराउने, अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकबाट राज्यको लगानी असुल गर्ने तथा लामो समयदेखि थलिएको शैक्षिक र प्रशासनिक प्रणालीलाई सुधार्ने चुनौती रहेको छ ।

    विश्वविद्यालय प्रशासन सञ्चालनको अनुभव भए पनि त्रिविमा रहेका संरचनागत समस्या समाधान गर्नु उनको पहिलो परीक्षा हुने देखिएको छ ।

    यद्यपि उनीहरू सबै रास्वपा निकट कार्यकर्ता मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images