काठमाडौं– इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह तेहरानमा सुरु भएको बताइएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनसहित उच्च अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् भने सुरक्षा कारण देखाउँदै छोरा मोजतबा खामेनी समारोहमा उपस्थित नभएको जनाइएको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि तेहरानमा ठूलो संख्यामा सर्वसाधारण भेला भएका छन् ।
शिया परम्पराअनुसार शोक प्रदर्शनका क्रममा अमेरिका विरोधी तथा बदला सम्बन्धी नारासमेत लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिका क्रममा अमेरिकाले इरानलाई ‘एक साताको समय दिएको’ दाबी गर्दै कार्यक्रमपछि इरानले अमेरिकी सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।
समारोहमा विभिन्न देशका प्रतिनिधिमण्डल सहभागी भएका छन् भने तेहरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अन्त्येष्टिसँग सम्बन्धित धार्मिक संस्कार ९ जुलाईसम्म चल्ने बताइएको छ ।







विश्व खबर 




















