काठमाडौं– देउवा पक्षले पार्टी एकताप्रति संस्थापन गम्भीर नभएको निष्कर्ष निकाल्दै २२ असारमा केन्द्रीय सम्पर्क कार्यालय उद्घाटन गर्ने र त्यसपछि राष्ट्रिय भेलाको मिति घोषणा गर्ने निर्णय गरेको छ ।
पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले १५औँ महाधिवेशनको तयारी छुट्टै ढंगले अघि बढाउने निर्णय गर्दै समानान्तर गतिविधि तीव्र बनाउने संकेत दिएको हो ।
देउवा पक्षले १४औँ र विशेष महाधिवेशनबाट बनेका केन्द्रीय समितिको समायोजनसहितका मागमा संस्थापनबाट कुनै प्रतिक्रिया नआएको जनाएको छ ।
उता संस्थापन पक्षले भने विधानविपरीत समानान्तर गतिविधि जारी रहे आफूहरू पनि स्पष्ट निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएको छ ।
महामन्त्री गुरुराज घिमिरेले संवादका लागि ढोका खुला रहे पनि पार्टी विधानविपरीतका गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















