images
images
  • मेरिटोक्रेसीको धज्जी उडाउँदै उपकुलपतिमा रास्वपा कार्यकर्ता भर्ती

    काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले आजै देशका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्ने तयारी गरेका छन् ।

    शिक्षामन्त्री सस्मित पोखरेल नेतृत्वको सिफारिस समितिले तीन–तीन जनाको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।

    तीमध्येबाट प्रधानमन्त्रीले नियुक्ति गर्नेछन् ।

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्रा।डा। नन्दबहादुर सिंह, प्राडा.भोला थापा र प्राडा. दुर्गादत्त पौडेल सिफारिसमा परेका छन् ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पूर्व काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा.भोला थापालाई त्रिविको उपकुलपति नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

    सरकारले अध्यादेशमार्फत अघिल्ला उपकुलपतिहरूलाई हटाएपछि आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन परेका थिए ।

    छनोट समितिले प्रत्येक विश्वविद्यालयका लागि तीन जनाको अन्तिम नाम सिफारिस गरेको हो ।

    उनीहरूमध्येबाट छनोट गरी सत्तारूढ रास्वपा निकट कार्यकर्ता भर्ती गर्न लागेको स्रोतले पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images