images
images
  • बैतडीमा बस दुर्घटना १७ जना घाइते

    काठमाडौं– बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।

    धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा सडकबाट करिब ६० मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाले घाइतेहरूको अवस्था र उपचार भइरहेको जानकारी दिएका छन् ।

    दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images