images
images
  • विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्ने तयारी, विद्यार्थीलाई सैन्य तालिम दिइने

    काठमाडौं– सरकारले विद्यालयस्तरमै राष्ट्रिय सेवा दल गठन गरी विद्यार्थीलाई सैन्य तालिम दिने तयारी गरेको छ ।

    यसका लागि सरकारले ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ संघीय संसदमा दर्ता गरेको छ ।

    विधेयकले कार्यान्वयनमा नरहेको राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई प्रतिस्थापन गर्दै संविधान र संघीय संरचनाअनुसार नयाँ व्यवस्था गर्न प्रस्ताव गरेको हो ।

    विधेयकअनुसार सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीलाई तालिममा सहभागी गराइनेछ ।

    कक्षा ८–१० का १३–१८ वर्ष उमेर समूहका विद्यार्थीलाई ‘जुनियर डिभिजन’ र कक्षा ११–१२ का १६–२१ वर्ष उमेर समूहका विद्यार्थीलाई ‘सिनियर डिभिजन’ अन्तर्गत तालिम दिइने व्यवस्था गरिएको छ ।

    सरकारका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीमा देशप्रेम, अनुशासन, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्नु हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images