images
images
  • रास्वपा सांसद अराजक बन्दै, अख्तियारलाई थ्रेट

    काठमाडौं– राज्यव्यवस्था तथा सुशासन समितिका सांसदहरूले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा अनुसन्धानाधीन फाइल हेर्न माग गरेको विषय सार्वजनिक भएपछि अख्तियार कार्यालयले कानुनअनुसार त्यस्ता फाइल देखाउन नमिल्ने स्पष्ट गरेको छ ।

    अख्तियारको इटहरी कार्यालय प्रमुख यज्ञ पुरीका अनुसार संसदीय समितिको टोलीले कार्यालय अनुगमनपछि अन्तरक्रियाका क्रममा अनुसन्धान भइरहेका फाइलहरू हेर्न माग गरेको थियो ।

    ‘उहाँहरूले अनुसन्धान भइरहेका फाइल निकालेर देखाउनुस् भन्नुभयो । तर अख्तियार स्वायत्त संवैधानिक निकाय भएकाले कानुनले त्यस्ता फाइल सार्वजनिक गर्न अनुमति दिँदैन भन्ने जानकारी गरायौँ,’ पुरीले भने ।

    उनका अनुसार सांसदहरूको भ्रमणका क्रममा कार्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो भने त्यसपछि अन्तरक्रिया भएको थियो ।

    विवादास्पद भिडियो सार्वजनिक भए पनि त्यसले सम्पूर्ण घटनाक्रम नदेखाएको उनको भनाइ छ ।

    पुरीले घटनाबारे आयोगको केन्द्रमा प्रतिवेदन पठाइसकिएको जानकारी दिँदै अन्ततः सांसदहरू कानुनी व्यवस्था बुझेपछि सन्तुष्ट भएर फर्किएको दाबी गरे ।

    बुधबारको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धानाधीन फाइलमा सांसदहरूको पहुँच र अख्तियारको संवैधानिक अधिकारक्षेत्रबारे सार्वजनिक बहस सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images