काठमाडौं– इरानले आफ्ना पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा अमेरिका वा इजरायलले कुनै सैन्य आक्रमण गरे त्यसको कडा प्रतिकार गरिने चेतावनी दिएको छ ।
इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले खामेनीको अन्त्येष्टिअघि इरानविरुद्ध कुनै पनि आक्रामक कदम नचाल्न अमेरिका, इजरायल र उनीहरूका सहयोगीलाई चेतावनी दिएका हुन् ।
आईआरजीसी निकट तस्निम समाचार एजेन्सीका अनुसार उनले इरानको भू–भाग वा राष्ट्रिय सुरक्षामाथि कुनै पनि आक्रमण भए ‘पछुतो लाग्ने कठोर जवाफ’ दिइने बताएका छन् ।
तेहरानमा जुलाई ४ देखि ८ सम्म हुने अन्त्येष्टि समारोहमा १ करोड ५० लाखदेखि २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ भने खामेनीको शव जुलाई ९ मा मसहदमा दफन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















