images
images
  • शान्ति वार्तामा सहभागी इरानी नेताको इजरायलले हत्या गर्न खाजेको अमेरिकी दाबी

    काठमाडौं– अमेरिका–इरान वार्ताका क्रममा इजरायलले इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफलाई निशाना बनाउन सक्ने भन्दै अमेरिकाले तेहरानलाई गोप्य रूपमा सतर्क गराएको दाबी गरिएको छ ।

    न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टका अनुसार, वार्ताकारको हत्या भए शान्ति प्रक्रिया र युद्धविराम प्रयास विफल हुने चिन्ताका कारण ट्रम्प प्रशासनले मध्यस्थकर्तामार्फत इरानलाई चेतावनी दिएको थियो ।

    यसैबीच, इरानले आफ्ना सर्वोच्च नेता मोजतबा खामेनीलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी दर्ता गरेको छ ।

    इरानी अधिकारीहरूले यस्तो परिस्थितिमा देशको आणविक नीतिको पुनः समीक्षा आवश्यक भएको बताएका छन् ।

    उता, युद्धपछि पहिलोपटक इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का कार्यवाहक कमाण्डर अहमद वाहिदी सार्वजनिक रूपमा देखिएका छन् ।

    उनले तेहरानमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images