images
images
  • नेकपामा पुस्तान्तरणको दबाब बढेपछि आफूहरूलाई हटाएर देखाउन प्रचण्डको चुनौती

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चर्किरहेका बेला संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नेताहरूलाई आफूहरूलाई हटाएर देखाउन चुनौती दिएका छन् ।

    केन्द्रीय समिति बैठक र गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले नेतृत्व परिवर्तन उमेरका आधारमा नभई विचार, नीति र क्षमताका आधारमा हुनुपर्ने बताए ।

    उनले आगामी महाधिवेशनसम्म विधि र प्रक्रियाअनुसार नयाँ नेतृत्व चयन गरिने उल्लेख गर्दै पुस्ता भन्ने शब्दलाई दिमागबाट हटाउन आग्रह गरे ।

    प्रचण्डले चीन, भारत र अमेरिकाका वरिष्ठ नेताहरूको उदाहरण दिँदै विकसित मुलुकमा उमेरलाई नेतृत्वको मापदण्ड नबनाइने तर्क गरे ।

    साथै, साम्राज्यवादको प्रभावमा पुस्तान्तरणको बहस उठाइएको आरोप लगाउँदै विचार र राजनीतिक दृष्टिकोण प्रस्तुत गर्न सक्ने जो कोहीलाई नेतृत्व छाड्न तयार रहेको बताए ।

    यता पार्टीका युवा नेताहरूले भने वैचारिक, राजनीतिक र संगठनात्मक पुनर्गठन अपरिहार्य भएको बताएका छन् ।

    युवा नेता रञ्जित तामाङले नेतृत्वमा समयसीमा, प्रत्यक्ष निर्वाचन र युवाको सहभागिता बढाउनुपर्ने माग गर्दै नयाँ पुस्ता पार्टीको नेतृत्व सम्हाल्न सक्षम रहेको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images