images
images
  • मुक्तिनाथ विकासबैंकद्वारा विभिन्न भागका सरकारी विद्यालयका विद्यार्थीलाई सहयोग

    काठमाडौं-आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मुक्तिनाथ विकास बैंकले देशका विभिन्न प्रदेशका सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय पोसाक, स्कूल ब्याग, स्टेशनरी तथा अध्ययन खर्च सहयोग गरेको छ ।

    बैंकका अनुसार शिक्षाको प्रवर्द्धन तथा बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले मोरङको विराटनगरमा ७८ विद्यार्थीलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासमा १२८ जनालाई स्टेशनरी सामग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कूल ब्याग र स्टेशनरी सामग्री तथा डडेलधुराको खिन्नेभाडीमा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।

    त्यसैगरी रुपन्देहीको बुटवलमा २१, उदयपुरको बागचौरीमा ५०, झापाको कचनकवलमा २००, नवलपरासीको बर्दघाटमा ८५, सर्लाहीको राजघाटमा २०० तथा कञ्चनपुरको तिलकपुरमा ११० विद्यार्थीलाई स्कूल ब्याग तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ ।

    बैंकले सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित तथा आर्थिक रूपमा कमजोर अवस्थाका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत व्यहोरेको छ ।

    यसका साथै सुर्खेतको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुरामा डिजिटल स्मार्ट बोर्ड, रुपन्देहीको देवदहस्थित विद्यालयमा चार थान सिलिङ फ्यान तथा महोत्तरी र रुपन्देहीका दुई विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

    बैंकले यस सहयोगबाट आर्थिक रूपमा कमजोर तथा शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीको अध्ययनमा सहजता आउने विश्वास व्यक्त गरेको छ । साथै शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख आधार भएकाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images