काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्सँगै आफ्नै सचिवालयमा पनि व्यापक हेरफेरको तयारी गरेका छन् ।
रास्वपाको महाधिवेशनबाट पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य बनेका राजनीतिक सल्लाहकार असीम शाह, नीति सल्लाहकार सुदीप ढकाल, स्वकीय उपसचिव प्रकृति ढकाल तथा प्रमुख स्वकीय सचिव सुवास शर्मासहित चार जनालाई सचिवालयबाट हटाएर पार्टी काममा केन्द्रित गराउने तयारी भइरहेको स्रोतको दाबी छ ।
सरकारको सयबुँदे कार्यसूची र कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रीहरूको समीक्षा गरी कमजोर प्रदर्शन गरेका मन्त्रीहरूलाई बिदा गर्ने तयारी पनि प्रधानमन्त्रीले गरेका छन् ।
स्वास्थ्य, कृषि, उद्योग, सूचना तथा सञ्चार र महिला तथा बालबालिका मन्त्रालयको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ ।
यससँगै प्रधानमन्त्रीले सचिवालयमा पूर्वसचिव तथा विषयविज्ञलाई भित्र्याएर नयाँ र सक्षम टोली बनाउने गृहकार्यसमेत अघि बढाएका छन् ।
सरकारले असार मसान्तसम्म कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।






















