images
images
  • संयुक्त राष्ट्रसंघ मुख्यालयमा तिब्बती प्रदर्शनकारीको आत्मदाह !

    काठमाडौं–अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयबाहिर बिहीबार तिब्बती झण्डा बोकेका ५२ वर्षीय एक पुरुषले आफैँलाई आगो लगाएका छन् ।

    गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    न्यूयोर्क प्रहरीले घटनाको कारण खुलिनसकेको र अनुसन्धान जारी रहेको बताएको छ ।

    मृतकको आधिकारिक पहिचान सार्वजनिक गरिएको छैन ।

    केही सञ्चारमाध्यमले उनलाई लोब्गा रंगजेन भएको दाबी गरे पनि त्यसको पुष्टि भएको छैन ।

    घटनास्थलबाट ुतिब्बतबाट चीन बाहिरु लेखिएका पर्चा बरामद भएका छन् ।

    संयुक्त राष्ट्रसंघले भने घटना हुँदा सबै आधिकारिक बैठक सकिएकाले नियमित काममा कुनै असर नपरेको जनाएको छ ।

    सन् २००९ यता तिब्बतमाथिको चिनियाँ नियन्त्रणको विरोधमा १५० भन्दा बढी तिब्बतीले आत्मदाह गरिसकेका छन् ।

    तिब्बती पक्षले यसलाई धार्मिक, सांस्कृतिक र राजनीतिक स्वतन्त्रताको मागसँग जोडेको छ भने चीनले निर्वासित तिब्बती नेतृत्वले मानिसहरूलाई उक्साएको आरोप लगाउँदै आएको छ ।

    निर्वासित तिब्बती प्रशासनले भने उक्त आरोप अस्वीकार गर्दै चिनियाँ नीतिका कारण यस्तो अवस्था सिर्जना भएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images