काठमाडौं– फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारको हस्तक्षेप मात्रले नभएको सरकारको दावी छ ।
यसअघिका सरकारले विभिन्न समय र चरणमा हस्तक्षेप गरेका कारण यो अवस्था आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको दाबी छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने बताए ।
उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू धेरै परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारे ।
एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने उनले बताए ।
फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरू आएपछि विस्तृत छलफल गरिने उनले बताए ।






















