images
images
  • बजेट विवादले मधेश प्रदेशसभा अवरुद्ध, बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौ- बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

    जनमतका सांसद संजयकुमार यादवले बजेटलाई टुक्रे योजनामुखी भएको आरोप लगाउँदै संशोधन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए । जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन वा छानबिन समिति गठनको माग गरे ।

    प्रतिपक्षीको अवरोधपछि सभामुख रामअशिष यादवले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । यसअघि बुधबार पनि यही विवादका कारण बैठक प्रभावित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images