काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिँदा हचुवाका भरमा होइन, तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति सच्याउनु देश र राष्ट्रको हितमा हुने बताए ।
शाहीले संसदीय मामिला तथा कानुन मन्त्रालयले अघि बढाएको मुलुकी अपराध संहिता (संशोधन) विधेयकको मस्यौदाप्रति पनि आपत्ति जनाउँदै यसले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने दाबी गरे । प्रस्तावित व्यवस्था तत्काल खारेज गर्न र सभामुखबाट रुलिङ गर्न उनले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















