images
images
  • कर्णाली प्रदेशसभा बैठकमा प्रतिपक्षीको हङ्गामापछि स्थगित

    काठमाडौ- प्रतिपक्षी दलहरूको अवरोधपछि कर्णाली प्रदेशसभाको बिहीबारको बैठक स्थगित भएको छ ।

    सभामुख नन्दा गुरुङले बैठकको कार्यसूची अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले बैठक अवरुद्ध गरेका हुन् ।

    सभामुख गुरुङले बैठक सञ्चालनको प्रयास गरेलगत्तै प्रतिपक्षी सांसदहरू रोस्ट्रमतर्फ अघि बढेर विरोध जनाएका थिए । बैठकमा होहल्ला भएपछि सभामुख गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी हुन् ।

    अवरोधका कारण प्रतिपक्षी सांसदहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा पुग्न समेत दिएनन् ।

    कर्णाली प्रदेशसभामा आज सत्ता पक्षले बजेट पारित गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images