images
images
  • निधि निवासमा कांग्रेसका तीन शीर्ष नेता

    काठमाडौं- नेपाली कांग्रेसका तीन प्रभावशाली नेता बिहिबार मध्यबानेश्वरस्थित नेता विमलेन्द्र निधिको निवासमा भेटवार्तामा जुटेका छन् ।

    भेटमा नेता विमलेन्द्र निधि, उपसभापति प्रकाशमान सिंह र नेता डा. शशांक कोइराला सहभागी रहेका छन् ।

    निधिको सचिवालयका अनुसार तीन नेताबीच नेपाली कांग्रेसको पछिल्लो आन्तरिक राजनीतिक अवस्था, समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रम तथा पार्टीको भावी रणनीतिका विषयमा छलफल भइरहेको छ ।

    पछिल्लो समय कांग्रेसभित्र संगठनात्मक गतिविधि, सरकारको भूमिका र आगामी राजनीतिक समीकरणबारे विभिन्न तहमा छलफल भइरहेका बेला तीन नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, छलफलका विस्तृत एजेन्डाबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images