काठमाडौं– विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ ठेक्का विवादमा परराष्ट्रमन्त्री शिशिर खनालले सक्रिय हस्तक्षेप गर्दै जर्मन कम्पनीसँगको सम्झौतालाई निरन्तरता दिने पहल गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको टोलीले ठेक्का रद्द गरी फ्रान्सेली कम्पनी आइडिमियालाई अवसर दिलाउने प्रयास गरिरहेको आरोपबीच खनालले राहदानी विभागको नेतृत्वलाई काम अघि बढाउन निर्देशन दिएका हुन्
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट विभागका अधिकारीमाथि ठेक्का रद्द गर्न दबाब परेपछि मन्त्री खनालले पार्टी सभापति रवि लामिछानेसँग परामर्श गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री पक्षसँग संवाद गरी विभागलाई जर्मन कम्पनीसँगको प्रक्रिया अगाडि बढाउन वातावरण बनाइएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिले विभागमा करिब ५० हजार पासपोर्ट मात्रै मौज्दात रहेकाले ठेक्का रद्द भए राहदानी अभाव सिर्जना हुने जोखिम छ ।
मन्त्रालयले जर्मन कम्पनीको प्रणाली प्राविधिक रूपमा उपयुक्त रहेको निष्कर्ष निकालेपछि जुलाई १५ देखि विद्युतीय राहदानी जारी गर्ने तयारी तीव्र बनाइएको छ ।
यता फ्रान्सेली कम्पनी आइडिमियाले ठेक्का प्रक्रियाविरुद्ध अख्तियार, अदालत र अन्य निकायमा उजुरी दिएर प्र
क्रिया प्रभावित बनाएको दाबी मन्त्रालय स्रोतको छ ।
मन्त्रालयले कुनै नयाँ अवरोध नआए असार ३१ (जुलाई १५) बाट नयाँ ई–पासपोर्ट वितरण सुरु हुने जनाएको छ ।






















