images
images
  • रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको त्रुटी स्वीकार्यो, भन्यो– ‘दिएकै हो’

    काठमाडौं– १८ वर्षमुनिका ३५ हजारभन्दा बढी व्यक्तिलाई पार्टी सदस्यता दिएको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण माग गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उक्त विवरण प्राविधिक त्रुटिका कारण भएको जनाएको छ ।

    रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा डिजिटल प्रणालीमा आवेदकले जन्ममिति वा पात्रो (वि.सं, र ई.सं.) गलत प्रविष्ट गर्दा केही व्यक्तिको उमेर १८ वर्षभन्दा कम देखिएको उल्लेख गरिएको छ ।

    पार्टीले बालबालिकालाई सदस्यता दिने कुनै नीति नरहेको पनि स्पष्ट पारेको छ ।

    रास्वपाका अनुसार हालसम्म दर्ता भएका ५ लाख २३ हजारभन्दा बढी आवेदनमध्ये ३ लाख ९० हजारभन्दा बढी सदस्यता मात्रै आधिकारिक रूपमा प्रमाणीकरण भएका छन् ।

    पार्टीले उमेरसम्बन्धी त्रुटि रोक्न प्रणाली सुधार गर्ने, प्रमाणीकरण भएका अभिलेख पुनः परीक्षण गर्ने र गल्तीवश स्वीकृत भएका नाबालक सदस्यता भेटिए तत्काल खारेज गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images