काठमाडौं– हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडामा समायोजन गरेको छ ।
फ्यूल सरचार्ज घटाइएको नयाँ भाडादर बुधबारदेखि लागू भएको प्राधिकरणले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार फ्यूल सरचार्ज अधिकतम २,३३५ रुपैयाँसम्म घटेको छ ।
नेपालगन्ज–भद्रपुर रुटमा सरचार्ज १५,७२५ रुपैयाँबाट १३,३९० रुपैयाँमा, काठमाडौं–धनगढीमा ११,८८५ बाट १०,१२० रुपैयाँमा, काठमाडौं–सुर्खेतमा ९,२९५ बाट ७,९१५ रुपैयाँमा तथा काठमाडौं–माउन्टेन फ्लाइटमा ९,२३५ बाट ७,८६० रुपैयाँमा झरेको छ ।
प्राधिकरणका अनुसार फ्यूल सरचार्जसहित अन्य शुल्क जोडेर कुल हवाई भाडा निर्धारण गरिन्छ, र तोकिएको अधिकतम भाडाभन्दा बढी लिन वायुसेवा कम्पनीलाई अनुमति छैन ।
हेर्नुहोस् भाडादर :





प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















