काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
निर्वाचित सदस्यहरूमध्ये रवि लामिछाने पक्षका ३४, बालेन समूहका २५, विवेकशील साझाका ३ र अन्य समूहका ३८ जना रहेका छन् ।
रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमा सभापतिसहित ९९ जना निर्वाचित, ५१ जना सभापतिबाट मनोनीत तथा सात प्रदेश अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
महाधिवेशनबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पनि निर्वाचित भएका छन् भने बाँकी पदाधिकारी सभापतिबाट मनोनीत गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्






















