images
images
  • रास्वपा महामन्त्री भूपदेव, उपसभापति सुधन बन्ने पक्का

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापतिसहित ९९ केन्द्रीय सदस्य र प्रत्यक्षतर्फका पदाधिकारी निर्वाचित भए पनि पार्टीको केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन ।

    अब वरिष्ठ नेतासहित ११ पदाधिकारी, ३१ सचिवालय सदस्य र ५१ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।

    पार्टीभित्रको छलफलअनुसार वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह लगभग निश्चित मानिएका छन् ।

    मनोनयन हुने पदाधिकारीमध्ये उपसभापतिमा पूर्वाधारमन्त्री सुनिल लम्सालको सम्भावना बलियो देखिएको छ भने महामन्त्रीमा भूपदेव शाह अग्रपंक्तिमा रहेको नेताहरूको दाबी छ ।

    गृहमन्त्री सुधन गुरुङ पनि उपसभापतिका दाबेदार हुन् ।

    प्रवक्तामा प्रमोद न्यौपानेलाई ल्याउने तयारी रहेको चर्चा छ भने कोषाध्यक्षमा लीमा अधिकारी दोहोरिन सक्ने सम्भावना छ ।

    सहमहामन्त्रीका बाँकी दुई पदमा भने सभापति रवि लामिछानेले अहिलेसम्म कुनै संकेत दिएका छैनन् ।

    रास्वपाको विधानले सभापतिलाई पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गर्ने व्यापक अधिकार दिएको छ ।

    एकता र समायोजनबाट आएका नेताहरूलाई समेट्ने, समावेशी सन्तुलन मिलाउने तथा सकेसम्म चुनाव नलडेका नेताहरूलाई जिम्मेवारी दिने रणनीतिअनुसार मनोनयन हुने नेताहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images