काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि छनोट समितिले तीन जनाको नाम अन्तिम सिफारिसका लागि टुंगो लगाएको छ ।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेतृत्वको समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि तीन जनाको नाम छनोट गरेको हो ।
स्रोतका अनुसार अन्तिम तीनमा प्राडा.भोला थापा, प्राडा. दुर्गादत्त पौडेल र प्राडा.नन्दबहादुर सिंह रहेका छन् ।
यद्यपि, समितिले औपचारिक रूपमा नाम सार्वजनिक गरेको छैन ।
उपकुलपतिका लागि ५० जनाले आवेदन दिएका थिए। प्रारम्भिक मूल्याङ्कनपछि १० जनाको सर्टलिस्ट तयार गरिएको थियो ।
सार्वजनिक सुझाव, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा अन्तिम तीन जनाको नाम छनोट गरिएको हो ।
अब शिक्षा मन्त्रीले ती नाम कुलपति (प्रधानमन्त्री) समक्ष सिफारिस गर्नेछन् र तीन जनामध्येबाट एक जनालाई त्रिविको नयाँ उपकुलपतिमा नियुक्त गरिनेछ ।






















