images
images
  • दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

    काठमाडौं– दक्षिण कोरीयाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा गरेका छन् ।

    नियुक्ति आगामी जुलाई जुलाई–१ देखि लागु हुने जनाइएको छ ।

    यो सँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन–सिओकको उत्तराधिकारी र देशको इतिहासमा ५०औँ प्रधानमन्त्री बनेका छन् ।

    दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ–सुकलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्न गरेको मतदानमा १६६ मत पक्षमा र सत्तापक्ष र सरकार समर्थक दलहरूबाट उपस्थित १६७ सदस्यहरू मध्ये एक विपक्ष मतको साथ अनुमोदन गरेको जनाइएको छ ।

    हान यस पदका लागि अयोग्य भएको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पिपिपी)ले बहिष्कार गरे तापनि जुन–३० मा पूर्णअधिवेशनमा मतदान भएको थियो ।

    लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्रीका रूपमा कार्यरत हान सेओङ–सुक प्रधानमन्त्री नियुक्ति भएसँगै, २० वर्ष पछि दक्षिण कोरियाले पुनः महिला मन्त्री पाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images