images
images
  • २३ स्थानीय तहसँग, मन्त्रालयले माग्यो स्पष्टीकरण

    काठमाडौं- तोकिएको समयभित्र आर्थिक वर्ष २०८३/ ८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण मागेको छ ।

    पत्रमार्फत विभिन्न स्थानीय तहलाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो ।

    पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख रहेको छ ।

    मन्त्रालयले असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिकासमेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images