images
images
  • राहदानी खरिद प्रकरणबारे जर्मनी दूतावासको स्पष्टिकरण, राजदूतलाई बोलावट नगरिएको होइन, बैठकको निमन्त्रणा मात्र

    काठमाडौं- नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

    दूतावासले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको स्पष्टिकरणमा जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख गर्दै बोलावट गरिएको भन्ने समाचार सही नभएको जनाएको छ ।

    दूतावासका अनुसार उक्त भेटका क्रममा कुनै विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य आधिकारिक दस्तावेज हस्तान्तरण गरिएको थिएन । साथै, मुद्दाको न्यायिक प्रक्रियाको नतिजाका आधारमा हुन सक्ने सम्भावित परिणामबारे कुनै चेतावनीसमेत नदिइएको स्पष्ट पारिएको छ ।

    दूतावासले जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी नगर्ने आफ्नो स्थापित अभ्यास रहेको जनाएको छ ।

    न्यायपालिकाको स्वतन्त्रतालाई जर्मनीले पूर्ण सम्मान गर्दछ । यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ । सिद्धान्ततः दूतावासले अदालतमा विचाराधीन मुद्दाका विषयमा टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी गरेको छैन,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images