images
images
  • रास्वपा महाधिवेशन चितवनमा, पदाधिकारी र केन्द्रीय सदस्यको शपथ काठमाडौंमा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेबाट शपथ ग्रहण गरेका छन् ।

    चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्रसमेत प्रदान गरेका छन् ।

    शपथपछि पहिलो केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

    बैठकमा मनोनित गरिने ५१ केन्द्रीय सदस्यबारे छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images