images
images
  • मूल्य घटेपछि उपत्यकामा पेट्रोलको कृत्रिम अभाव, निगमले भन्यो– पर्याप्त इन्धन मौज्दात

    काठमाडौं-  पेट्रोलियम पदार्थको मूल्य घटाइएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले पेट्रोल बिक्री बन्द गरेका छन् । अधिकांश पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री रोकेपछि सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ ।

    काठमाडौं उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको भीड देखिएको छ भने केही निजी पम्प बन्द छन् । उपत्यकाबाहिरका केही जिल्लामा पनि पेट्रोल पम्पले बिक्री वितरण रोकेको जनाइएको छ ।

    नेपाल आयल निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो । मूल्य समायोजनको भोलिपल्टै बजारमा पेट्रोलको अभाव देखिएको हो ।

    यद्यपि, निगमले भने बजारमा इन्धनको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images