images
images
  • विवादास्पद व्यवसायी अजय सुमार्गी छानबिनको दायरामा, नेपाली पैसा विदेश घुमाएर पुनः नेपाल भित्र्याएको आशंका

    काठमाडौं– नेपालका विवादास्पद व्यवसायी अजयराज सुमार्गी फेरि आर्थिक छानबिनको बहसमा तानिएका छन् ।

    उनीसँग जोडिएका रकम, वैदेशिक लगानी दाबी, स्रोत खुल्न नसकेको रकम र सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रश्न फेरि चर्चामा आएका छन् ।

    यसअघि विभिन्न निकायको प्रारम्भिक अध्ययन र सार्वजनिक रिपोर्टहरूमा विदेशबाट ठूलो रकम नेपाल ल्याइएको तर त्यसको स्रोत, स्वीकृति प्रक्रिया र लगानी संरचनामाथि प्रश्न उठेको उल्लेख गरिएको थियो ।

    केही रिपोर्टमा नेपालबाट बाहिर गएको रकमलाई वैदेशिक लगानीका रूपमा पुनः नेपाल भित्र्याइएको हुन सक्ने आशंकासमेत उल्लेख छ, यद्यपि अन्तिम कानुनी निष्कर्ष छुट्टै प्रक्रिया र अदालत सम्बन्धित निकायबाट मात्र तय हुन्छ ।

    सार्वजनिक रूपमा आएका विवरणअनुसार विगतमा करिब ११ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशबाट नेपाल भित्र्याइएको दाबी गरिएको थियो र त्यसमध्ये केही रकमको स्रोत तथा स्वीकृतिमाथि प्रश्न उठाउँदै नियामक निकायले रोक्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

    यो विषय आर्थिक अपराध, वैदेशिक लगानी, कर तथा सम्पत्ति शुद्धीकरणसँग जोडिएको भएकाले अन्तिम निष्कर्ष सम्बन्धित अनुसन्धान निकाय र अदालतको निर्णयबाट मात्रै तय हुने विषय हो ।

    कहाँबाट कमाए अजय पराजुली सुमार्गीले यत्रो ‘अवैध धन’

    सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका छन्  ।

    उनले करिब ९ अर्ब रुपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्र्याइसकेका छन्  ।

    उक्त रकम अवैध भन्ने प्रारम्भिक पुष्टि भए पनि चौतर्फी दबाबका कारण थप छानबिन प्रक्रिया शिथिल बन्दै गएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसको एयरवेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एकपटक बिनास्वीकृति रकम भित्र्याएका हुन्  ।

    सबैभन्दा बढी रकम ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीबाट ल्याएका छन् ।

    प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसबाट ६ करोड ४८ लाख ५६ हजार ६ सय २३ अमेरिकी डलर (हालको मूल्यअनुसार करिब ६ अर्ब ६३ करोड ९ लाख ४१ हजार १ सय ३५ रुपैयाँ) भित्र्याएका हुन् ।

    प्रतिवेदनअनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालि, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट रकम भित्र्याएको देखिन्छ ।

    यी तीन कम्पनीबाट मात्रै उनले ५ करोड ४ लाख ७२ हजार ५२ अमेरिकी डलर (५ अर्ब १५ करोड २९ लाख १ हजार ३ सय ७७ रुपैयाँ) रकम भित्र्याएका छन् ।

    बाँकी रकम भने इजिप्टको ओरासकम टेलिकम, बेलारुसको मारिया युकी अब्दो र सुमार्गी आफैंले नेपालको बैंक खातामा जम्मा गरेको देखिन्छ ।

    हालसम्म उनले ११ करोड ८० लाख १६ हजार ३ सय ७५ अमेरिकी डलर (१२ अर्ब ६ करोड ५९ लाख ९४ हजार २ सय ६६ रुपैयाँ र ३ लाख ८० हजार ब्रिटिस पाउन्ड ९५ करोड २५ लाख ९२ हजार रुपैयाँ) भित्र्याइसकेका छन् । जुन हालको विनिमय दरअनुसार १२ अर्ब ११ करोड ८५ लाख ८६ हजार २ सय ६६ नेपाली रुपैयाँ हुन आउँछ ।

    भित्र्याइएको सबै रकम ट्याक्स हेवनबाट हो ।

    यी मुलुकमा सम्पत्ति र करबारे छानबिन हुँदैन ।

    कागजी कम्पनी खोलेर अन्य मुलुकमा अवैध रकम स्थानान्तरण गर्न यी मुलुकमा सजिलो हुने व्यवसायी बताउँछन् ।

    सुमार्गीले रकम ल्याउन प्रयोग गरेका मुलुकमा कम्पनी दर्ता गर्न, बैंकमा रकम जम्मा गर्न र ती देशबाट विदेश तथा विदेशबाट ती देशमा पैसा पठाउन सहज मानिन्छ, स्रोत खोजिँदैन ।

    सुमार्गीले त्यस्तै मुलुक प्रयोग गरेका छन् ।

    यस्ता मुलुकमा सेल कम्पनी खडा गरी विदेशी लगानी भन्दै कालो सम्पत्तिलाई सेतो बनाएर शुद्धीकरण गर्ने चलन बढेको छ ।

    सेल कम्पनी भन्नाले भौतिक उपस्थितिबिनाको कागजी संस्था हो ।

    यस्तो कम्पनीको आफ्नै मौलिक व्यापार व्यवसाय हुँदैन ।

    सम्पत्ति तथा दायित्वहरूसमेत हुँदैन, ठेगाना र नाम मात्रै हुन्छ ।

    यस्तो कम्पनी अपारदर्शी कारोबार गर्नेहरूले खासगरी कर नलाग्ने वा कम लाग्ने, सम्पत्तिको स्रोतमाथिको निगरानी कम भएका मुलुकमा दर्ता गर्छन् ।

    प्रतिवेदनअनुसार उनले ८ अर्ब ९५ करोड ११ लाख ९१ हजार ६६ रुपैयाँ कुनै पनि निकायको स्वीकृति नलिई भित्र्याएका हुन् ।

    ३ अर्ब १६ करोड ७३ लाख ९५ हजार २ सय रुपैयाँको मात्रै अनुमति लिएको देखिन्छ ।

    अनुमति नलिई भित्र्याइएको रकममध्ये राष्ट्र बैंक र सम्बन्धित बैंकका अधिकारीहरूबीचको मिलेमतोमा करिब साढे ८ अर्ब रुपैयाँ प्रयोग गरिसकेका छन् ।

    बाँकी भने नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकमा रोकिएको छ ।

    यसबाहेक सुमार्गीले थप ११ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का रूपमा ल्याउने भन्दै उद्योग विभागमा प्रस्ताव पेस गरेका छन् ।

    उक्त प्रस्तावको प्रक्रिया भने अघि बढेको छैन ।

    सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित प्रारम्भिक छानबिन समितिको प्रतिवेदनले सुमार्गीले विदेशबाट ल्याएको र पुनस् ल्याउन लागेको २२ अर्ब रुपैयाँभन्दा बढी रकम अवैध रहेको निष्कर्ष निकालेको छ ।

    भित्र्याइसकिएको र उद्योग विभागसमक्ष पेस गरेको प्रस्ताव एउटै हो वा फरक–फरक भन्नेबारे अध्ययन समितिले निष्कर्ष निकाल्न सकेको छैन ।

    यस आधारमा उनले नेपालबाट बाहिर लगेर राखेका केही रकम उतै प्रयोग भइरहेको हुन सक्ने अनुमान गरिएको छ ।

    हालसम्म ल्याइसकिएको र ल्याउन लागिएको रकम ट्याक्स हेवन मुलुकको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपन्यायाधिवक्ताको नेतृत्वमा सीईआईबी, राष्ट्र बैंकका अधिकारी सम्मिलित प्रारम्भिक अनुसन्धान टोलीले सुमार्गीबारे अध्ययन गरेको हो ।

    प्रारम्भिक अध्ययनले अवैध निष्कर्ष निकालेपछि अध्ययन समितिले प्रतिवेदनमा भनेको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १५ अनुसार अनुसन्धान अधिकृत नियुक्त गरी अनुसन्धान गर्न उपयुक्त हुने देखिएको निर्णयार्थ पेस गरेका छौं ।’

    ऐनअनुसार विस्तृत अनुसन्धान सुरु भएपछि आवश्यकताअनुसार सम्पत्ति रोक्का राख्नेदेखि लिएर पक्राउसमेत गर्नुपर्ने हुन्छ ।

    तर एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट रही अन्य राजनीतिक दलका नेताहरूको समेत संरक्षण रहेकाले उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाउन नसकेको सरकारी अधिकारी बताउँछन् ।

    हालको सरकारले समेत सुमार्गीको फाइल अघि बढाउन बेवास्ता गर्दै उनलाई संरक्षण गरिरहेको छ ।

    उच्च राजनीतिक संरक्षणका कारण प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिने काम हुन सकेको छैन ।

    अध्ययनअनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति दिने निकायहरू– उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन् ।

    २०६८ सालमा करिब तीन अर्ब रुपैयाँ बराबरको अनुमति भने लिएको देखिन्छ ।

    बाँकी रकमका लागि भने कुनै पनि निकायबाट अनुमति नलिई भित्र्याएका हुन् ।

    सुमार्गीको कम्पनीमा आएको रकमका लागि विदेशी विनिमय ऐन, २०१९ अनुसार डलर खातासमेत खोलेको देखिँदैन ।

    सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन् ।

    यसबाहेक लगानी स्वीकृत भइसकेपछि पनि विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पालना पनि गरेका छैनन् ।

    सुमार्गीले ४२ पटक रकम भित्र्याएको देखिन्छ ।

    बिनाअनुमति भित्र्याइएको रकम नेपालको बैंकमा जम्मा भइसकेपछि उनले अन्य बैंकमा सार्ने, कर्जा लिने, अन्य संस्थाहरूमा राख्ने, परिवारका कम्पनीहरूमा रकमान्तर गर्ने, तोकिएभन्दा बाहेकको अर्को कम्पनीमा लगानी गरेको देखिएको छ ।

    जबकि बिनाअनुमति लगानीकर्ताले यी काम गर्न पाउँदैनन् । त्यसो गर्न आवश्यक भए सरोकारवाला निकायसँग अनिवार्य स्वीकृति लिनुपर्ने तथा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हुन्छ ।

    एकपटक सुमार्गी आफैंले विदेशी लगानी भन्दै बेलायतबाट नेपालको आफ्नो कम्पनीले पाउने गरी रकमसमेत पठाएका छन् ।

    सुमार्गी आफैंले बैंक अफ साइप्रस, बेलायतबाट नेपालमा रहेको आफ्नो कम्पनी मुक्तिश्री सिमेन्टमा समेत कानुनी प्रावधानविपरीत रकम पठाएको विवरण भेटिएको छ ।

    ‘जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अजेयराज सुमार्गी पराजुलीले सन् २०१३ अप्रिल ८ मा २४ लाख ३० हजार ८ सय अमेरिकी डलर (करिब २५ करोड रुपैयाँ) मुक्तिश्री सिमेन्टमा पठाएको देखिन आएको हुँदा उक्त विषय थप शंकाको घेरामा रहेको,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।

    अनुमति दिने निकायले स्वीकृति दिएपछि पनि नेपालमा लगानी गर्न स्वीकृति पाएका विदेशी व्यक्ति तथा कम्पनीले नै यहाँको बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ, तर सुमार्गीले नेपालमा विदेशी लगानी भन्दै स्रोत नखुलेको रकम बेलायतस्थित बैंक अफ साइप्रसबाट आफैले जम्मा गरेका हुन् ।

    प्रतिवेदनअनुसार सुमार्गीका कम्पनी, उनकी श्रीमती सम्झना अर्याल, भाइ अरुण, बहिनी अनिता, बहिनी ज्वाइँ राजनप्रसाद सुवेदी, छोरा अभिमतराज, आमा विश्वकान्ति कलावती, भाइबुहारी अंकिता र कृष्णप्रसाद शर्मालगायतका नाममा रकम आएको देखिन्छ ।

    उताबाट आइसकेको रकम भने जेठीसासू शिशु अर्यालको नाममा कैयौं पटक ट्रान्सफर भएको छ ।

    तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाजिम्पाटस्थित शिशु अर्यालका नाममा रहेको घरमा लामो समय बसेका थिए ।

    छोरा प्रकाशको निधनपछि उनले उक्त घर छाडिसकेका छन् ।

    कसरी भयो उनको अस्वाभाविक उदय

    सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी पराजुली हेटौंडा उपमहानगरपालिका–५ मा २०३५ सालसम्म डेरा गरी बस्थे ।

    उनको पुस्तैनी घर निबुवाटार धुर्सिङ, मकवानपुर हो ।

    २०११ को बाढीले धुर्सिङ बजारलगायत उक्त क्षेत्रका बस्तीमा ठूलो क्षति र्पुयाएपछि उनको परिवार हेटौंडा झरेको हो ।

    उनका आफन्तहरू हेटौंडा उपमहानगरपालिका–९ मा बसोबास गरेका भए पनि सुमार्गीका बाबु माधवराज सुमार्गी हेटौंडास्थित संगम चोकमा कोठा भाडामा लिएर बस्थे ।

    माधवराजको २०३५ मा हेटौंडामा मृत्यु भएको थियो ।

    भाडाको कोठा छाडेर २०३६ देखि सानोपोखरामा सामान्य भुइंतले घर बनाएर उनको परिवार बसेको थियो ।

    त्यसपछि उनले माइकल रामचन्द्र अर्यालको घर बैंकमा धितो राखेर ट्रक किनेका थिए ।

    त्यही ट्रकको आम्दानीबाट सुमार्गी परिवारले जीविका चलाउंदै आएको थियो ।

    अजेयकी आमा पञ्चायत कालमा महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् ।

    अजेयका एक भाइ र दुई बहिनी छन् ।

    बाबुले भैंसेमा चुनखानीका निम्ति डांडा किनेका थिए ।

    पछिल्लो समयमा चुनढुंगा उत्खनन गरेर हेटौंडा सिमेन्टलाई बिक्री गरी जीविका सहज बनाएका थिए ।

    पञ्चायती व्यवस्थाको अन्त्यतिर ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्टलाई निर्वाचनमा सुमार्गीले सघाएका थिए ।

    मुख्य गरी उनी चुनढुंगा उत्खनन गरेर उद्योगलाई बिक्री गर्ने गर्थे ।

    चुनढुंगा उत्खनन गर्ने क्रममा रूख काटेर बिक्री गरेको आरोपमा २०४७ मा जिल्ला वन कार्यालयले उनलाई पक्राउ गरेर सात दिन थुनामा राखेको थियो ।

    २०५७ र ०५८ सम्म उनको परिवारको आर्थिक अवस्था राम्रो थिएन ।

    २०५९ मा पूर्र्वराजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि उनको आर्थिक चलखेल ह्वात्तै बढेको हो ।

    त्यतिबेलासम्म सुमार्गीले ज्ञानेन्द्रका ज्वाई राजबहादुरसँग परिचय बनाइसकेका थिए ।

    राजबहादुरकी पत्नी प्रेरणालाई सुमार्गीकी श्रीमती सम्झना अर्याल योग सिकाउँथिन् ।

    जसले उनीहरूको पारिवारिक सम्बन्धलाई नजिक बनायो ।

    राजा वीरेन्द्रको वंश नाशपछि तत्कालीन राजकुमारी श्रुति शाहका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति प्रेरणाका नाममा ल्याउने भूमिकामा सक्रिय रूपले सुमार्गी लागे ।

    त्यति नै बेला उनले केही जग्गा हात पारेका थिए ।

    त्यही बेला सम्पर्कमा आएका एक उद्यमी र राजबहादुर सिंहसंगको सान्निध्यबाट एनसेल (तत्कालीन मेरो मोबाइल)मा उनले केही सेयर हासिल गरे ।

    २०५९ पछि सुमार्गी परिवार क्रमशस् काठमाडौं बस्न थालेको हो ।

    काठमाडौंमा उनी बालाजुको टाउन प्लानिङमा कोठा भाडा गरी बस्थे ।

    २०६२ र ०६३ को आन्दोलनपश्चात् माओवादी शान्ति प्रक्रियामा आएपछि सुमार्गीको चलखेल तीव्र गतिले अघि बढ्यो ।

    उनलाई माथि उल्लिखित उद्यमीले नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गराइदिएका हुन् ।

    त्यसपश्चात् टेलिकमको सेयर खरिदबिक्रीको अपारदर्शी प्रक्रियामार्फत अन्य केही व्यापारी र नेतासँगै सुमार्गीले पनि ठूलो धनराशि हात पारेका हुन् ।

    अहिलेसम्म आइपुग्दा सुमार्गीको काठमाडौंमा अथाह चल र अचल सम्पत्ति छ ।

    काठमाडौंको विशालनगरमा करिब २० रोपनी जग्गामा बनेको फ्रान्सेली राजदूतको निजी निवास सुमार्गीको स्वामित्वमा छ ।

    तीनकुने–थापाथली क्षेत्रको दर्जन ठाउँमा उनको घरजग्गा छ जसको मूल्य अर्बौं हुन आउँछ ।

    कहाँबाट कमाए अजय पराजुली सुमार्गीले यत्रो ‘अवैध धन’

    सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका छन् ।

    उनले करिब ९ अर्ब रुपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्र्याइसकेका छन् ।

    उक्त रकम अवैध भन्ने प्रारम्भिक पुष्टि भए पनि चौतर्फी दबाबका कारण थप छानबिन प्रक्रिया शिथिल बन्दै गएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसको एयरवेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एकपटक बिनास्वीकृति रकम भित्र्याएका हुन् ।

    सबैभन्दा बढी रकम ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीबाट ल्याएका छन् ।

    प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसबाट ६ करोड ४८ लाख ५६ हजार ६ सय २३ अमेरिकी डलर (हालको मूल्यअनुसार करिब ६ अर्ब ६३ करोड ९ लाख ४१ हजार १ सय ३५ रुपैयाँ) भित्र्याएका हुन् ।

    प्रतिवेदनअनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालि, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट रकम भित्र्याएको देखिन्छ ।

    यी तीन कम्पनीबाट मात्रै उनले ५ करोड ४ लाख ७२ हजार ५२ अमेरिकी डलर (५ अर्ब १५ करोड २९ लाख १ हजार ३ सय ७७ रुपैयाँ) रकम भित्र्याएका छन् ।

    बाँकी रकम भने इजिप्टको ओरासकम टेलिकम, बेलारुसको मारिया युकी अब्दो र सुमार्गी आफैंले नेपालको बैंक खातामा जम्मा गरेको देखिन्छ ।

    हालसम्म उनले ११ करोड ८० लाख १६ हजार ३ सय ७५ अमेरिकी डलर ९१२ अर्ब ६ करोड ५९ लाख ९४ हजार २ सय ६६ रुपैयाँ० र ३ लाख ८० हजार ब्रिटिस पाउन्ड ९५ करोड २५ लाख ९२ हजार रुपैयाँ० भित्र्याइसकेका छन् ।

    जुन हालको विनिमय दरअनुसार १२ अर्ब ११ करोड ८५ लाख ८६ हजार २ सय ६६ नेपाली रुपैयाँ हुन आउँछ ।

    भित्र्याइएको सबै रकम ट्याक्स हेवनबाट हो ।

    यी मुलुकमा सम्पत्ति र करबारे छानबिन हुँदैन ।

    कागजी कम्पनी खोलेर अन्य मुलुकमा अवैध रकम स्थानान्तरण गर्न यी मुलुकमा सजिलो हुने व्यवसायी बताउँछन् ।

    सुमार्गीले रकम ल्याउन प्रयोग गरेका मुलुकमा कम्पनी दर्ता गर्न, बैंकमा रकम जम्मा गर्न र ती देशबाट विदेश तथा विदेशबाट ती देशमा पैसा पठाउन सहज मानिन्छ, स्रोत खोजिँदैन ।

    सुमार्गीले त्यस्तै मुलुक प्रयोग गरेका छन् ।

    यस्ता मुलुकमा सेल कम्पनी खडा गरी विदेशी लगानी भन्दै कालो सम्पत्तिलाई सेतो बनाएर शुद्धीकरण गर्ने चलन बढेको छ ।

    सेल कम्पनी भन्नाले भौतिक उपस्थितिबिनाको कागजी संस्था हो ।

    यस्तो कम्पनीको आफ्नै मौलिक व्यापार व्यवसाय हुँदैन ।

    सम्पत्ति तथा दायित्वहरूसमेत हुँदैन, ठेगाना र नाम मात्रै हुन्छ ।

    यस्तो कम्पनी अपारदर्शी कारोबार गर्नेहरूले खासगरी कर नलाग्ने वा कम लाग्ने, सम्पत्तिको स्रोतमाथिको निगरानी कम भएका मुलुकमा दर्ता गर्छन् ।

    प्रतिवेदनअनुसार उनले ८ अर्ब ९५ करोड ११ लाख ९१ हजार ६६ रुपैयाँ कुनै पनि निकायको स्वीकृति नलिई भित्र्याएका हुन् ।

    ३ अर्ब १६ करोड ७३ लाख ९५ हजार २ सय रुपैयाँको मात्रै अनुमति लिएको देखिन्छ ।

    अनुमति नलिई भित्र्याइएको रकममध्ये राष्ट्र बैंक र सम्बन्धित बैंकका अधिकारीहरूबीचको मिलेमतोमा करिब साढे ८ अर्ब रुपैयाँ प्रयोग गरिसकेका छन् ।

    बाँकी भने नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकमा रोकिएको छ ।

    यसबाहेक सुमार्गीले थप ११ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का रूपमा ल्याउने भन्दै उद्योग विभागमा प्रस्ताव पेस गरेका छन् ।

    उक्त प्रस्तावको प्रक्रिया भने अघि बढेको छैन ।

    सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित प्रारम्भिक छानबिन समितिको प्रतिवेदनले सुमार्गीले विदेशबाट ल्याएको र पुनस् ल्याउन लागेको २२ अर्ब रुपैयाँभन्दा बढी रकम अवैध रहेको निष्कर्ष निकालेको छ ।

    भित्र्याइसकिएको र उद्योग विभागसमक्ष पेस गरेको प्रस्ताव एउटै हो वा फरक–फरक भन्नेबारे अध्ययन समितिले निष्कर्ष निकाल्न सकेको छैन ।

    यस आधारमा उनले नेपालबाट बाहिर लगेर राखेका केही रकम उतै प्रयोग भइरहेको हुन सक्ने अनुमान गरिएको छ । हालसम्म ल्याइसकिएको र ल्याउन लागिएको रकम ट्याक्स हेवन मुलुकको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपन्यायाधिवक्ताको नेतृत्वमा सीईआईबी, राष्ट्र बैंकका अधिकारी सम्मिलित प्रारम्भिक अनुसन्धान टोलीले सुमार्गीबारे अध्ययन गरेको हो ।

    प्रारम्भिक अध्ययनले अवैध निष्कर्ष निकालेपछि अध्ययन समितिले प्रतिवेदनमा भनेको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १५ अनुसार अनुसन्धान अधिकृत नियुक्त गरी अनुसन्धान गर्न उपयुक्त हुने देखिएको निर्णयार्थ पेस गरेका छौं ।’

    ऐनअनुसार विस्तृत अनुसन्धान सुरु भएपछि आवश्यकताअनुसार सम्पत्ति रोक्का राख्नेदेखि लिएर पक्राउसमेत गर्नुपर्ने हुन्छ ।

    तर एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट रही अन्य राजनीतिक दलका नेताहरूको समेत संरक्षण रहेकाले उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाउन नसकेको सरकारी अधिकारी बताउँछन् ।

    हालको सरकारले समेत सुमार्गीको फाइल अघि बढाउन बेवास्ता गर्दै उनलाई संरक्षण गरिरहेको छ ।

    उच्च राजनीतिक संरक्षणका कारण प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिने काम हुन सकेको छैन ।

    अध्ययनअनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति दिने निकायहरू– उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन् ।

    २०६८ सालमा करिब तीन अर्ब रुपैयाँ बराबरको अनुमति भने लिएको देखिन्छ ।

    बाँकी रकमका लागि भने कुनै पनि निकायबाट अनुमति नलिई भित्र्याएका हुन् ।

    सुमार्गीको कम्पनीमा आएको रकमका लागि विदेशी विनिमय ऐन, २०१९ अनुसार डलर खातासमेत खोलेको देखिँदैन ।

    सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन् ।

    यसबाहेक लगानी स्वीकृत भइसकेपछि पनि विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पालना पनि गरेका छैनन् ।

    सुमार्गीले ४२ पटक रकम भित्र्याएको देखिन्छ ।

    बिनाअनुमति भित्र्याइएको रकम नेपालको बैंकमा जम्मा भइसकेपछि उनले अन्य बैंकमा सार्ने, कर्जा लिने, अन्य संस्थाहरूमा राख्ने, परिवारका कम्पनीहरूमा रकमान्तर गर्ने, तोकिएभन्दा बाहेकको अर्को कम्पनीमा लगानी गरेको देखिएको छ ।

    जबकि बिनाअनुमति लगानीकर्ताले यी काम गर्न पाउँदैनन् ।

    त्यसो गर्न आवश्यक भए सरोकारवाला निकायसँग अनिवार्य स्वीकृति लिनुपर्ने तथा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हुन्छ ।

    एकपटक सुमार्गी आफैंले विदेशी लगानी भन्दै बेलायतबाट नेपालको आफ्नो कम्पनीले पाउने गरी रकमसमेत पठाएका छन् ।

    सुमार्गी आफैंले बैंक अफ साइप्रस, बेलायतबाट नेपालमा रहेको आफ्नो कम्पनी मुक्तिश्री सिमेन्टमा समेत कानुनी प्रावधानविपरीत रकम पठाएको विवरण भेटिएको छ ।

    ‘जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अजेयराज सुमार्गी पराजुलीले सन् २०१३ अप्रिल ८ मा २४ लाख ३० हजार ८ सय अमेरिकी डलर (करिब २५ करोड रुपैयाँ) मुक्तिश्री सिमेन्टमा पठाएको देखिन आएको हुँदा उक्त विषय थप शंकाको घेरामा रहेको,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।

    अनुमति दिने निकायले स्वीकृति दिएपछि पनि नेपालमा लगानी गर्न स्वीकृति पाएका विदेशी व्यक्ति तथा कम्पनीले नै यहाँको बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ, तर सुमार्गीले नेपालमा विदेशी लगानी भन्दै स्रोत नखुलेको रकम बेलायतस्थित बैंक अफ साइप्रसबाट आफंैले जम्मा गरेका हुन् ।

    प्रतिवेदनअनुसार सुमार्गीका कम्पनी, उनकी श्रीमती सम्झना अर्याल, भाइ अरुण, बहिनी अनिता, बहिनी ज्वाइँ राजनप्रसाद सुवेदी, छोरा अभिमतराज, आमा विश्वकान्ति कलावती, भाइबुहारी अंकिता र कृष्णप्रसाद शर्मालगायतका नाममा रकम आएको देखिन्छ ।

    उताबाट आइसकेको रकम भने जेठीसासू शिशु अर्यालको नाममा कैयौं पटक ट्रान्सफर भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाजिम्पाटस्थित शिशु अर्यालका नाममा रहेको घरमा लामो समय बसेका थिए ।

    छोरा प्रकाशको निधनपछि उनले उक्त घर छाडिसकेका छन् ।

    कसरी भयो उनको अस्वाभाविक उदय

    सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी पराजुली हेटौंडा उपमहानगरपालिका–५ मा २०३५ सालसम्म डेरा गरी बस्थे ।

    उनको पुस्तैनी घर निबुवाटार धुर्सिङ, मकवानपुर हो ।

    २०११ को बाढीले धुर्सिङ बजारलगायत उक्त क्षेत्रका बस्तीमा ठूलो क्षति र्पुयाएपछि उनको परिवार हेटौंडा झरेको हो ।

    उनका आफन्तहरू हेटौंडा उपमहानगरपालिका–९ मा बसोबास गरेका भए पनि सुमार्गीका बाबु माधवराज सुमार्गी हेटौंडास्थित संगम चोकमा कोठा भाडामा लिएर बस्थे ।

    माधवराजको २०३५ मा हेटौंडामा मृत्यु भएको थियो ।

    भाडाको कोठा छाडेर २०३६ देखि सानोपोखरामा सामान्य भुइँतले घर बनाएर उनको परिवार बसेको थियो ।

    त्यसपछि उनले माइकल रामचन्द्र अर्यालको घर बैंकमा धितो राखेर ट्रक किनेका थिए ।

    त्यही ट्रकको आम्दानीबाट सुमार्गी परिवारले जीविका चलाउंदै आएको थियो । अजेयकी आमा पञ्चायत कालमा महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् ।

    अजेयका एक भाइ र दुई बहिनी छन् ।

    बाबुले भैंसेमा चुनखानीका निम्ति डांडा किनेका थिए ।

    पछिल्लो समयमा चुनढुंगा उत्खनन गरेर हेटौंडा सिमेन्टलाई बिक्री गरी जीविका सहज बनाएका थिए ।

    पञ्चायती व्यवस्थाको अन्त्यतिर ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्टलाई निर्वाचनमा सुमार्गीले सघाएका थिए ।

    मुख्य गरी उनी चुनढुंगा उत्खनन गरेर उद्योगलाई बिक्री गर्ने गर्थे ।

    चुनढुंगा उत्खनन गर्ने क्रममा रूख काटेर बिक्री गरेको आरोपमा २०४७ मा जिल्ला वन कार्यालयले उनलाई पक्राउ गरेर सात दिन थुनामा राखेको थियो ।

    २०५७ र ०५८ सम्म उनको परिवारको आर्थिक अवस्था राम्रो थिएन ।

    २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि उनको आर्थिक चलखेल ह्वात्तै बढेको हो ।

    त्यतिबेलासम्म सुमार्गीले ज्ञानेन्द्रका ज्वाई राजबहादुरसंग परिचय बनाइसकेका थिए ।

    राजबहादुरकी पत्नी प्रेरणालाई सुमार्गीकी श्रीमती सम्झना अर्याल योग सिकांउथिन् ।

    जसले उनीहरूको पारिवारिक सम्बन्धलाई नजिक बनायो ।

    राजा वीरेन्द्रको वंश नाशपछि तत्कालीन राजकुमारी श्रुति शाहका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति प्रेरणाका नाममा ल्याउने भूमिकामा सक्रिय रूपले सुमार्गी लागे ।

    त्यति नै बेला उनले केही जग्गा हात पारेका थिए ।

    त्यही बेला सम्पर्कमा आएका एक उद्यमी र राजबहादुर सिंहसंगको सान्निध्यबाट एनसेल (तत्कालीन मेरो मोबाइल) मा उनले केही सेयर हासिल गरे ।

    २०५९ पछि सुमार्गी परिवार क्रमशस् काठमाडौं बस्न थालेको हो ।

    काठमाडौंमा उनी बालाजुको टाउन प्लानिङमा कोठा भाडा गरी बस्थे ।

    २०६२ र ०६३ को आन्दोलनपश्चात् माओवादी शान्ति प्रक्रियामा आएपछि सुमार्गीको चलखेल तीव्र गतिले अघि बढ्यो ।

    उनलाई माथि उल्लिखित उद्यमीले नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गराइदिएका हुन् ।

    त्यसपश्चात् टेलिकमको सेयर खरिदबिक्रीको अपारदर्शी प्रक्रियामार्फत अन्य केही व्यापारी र नेतासँगै सुमार्गीले पनि ठूलो धनराशि हात पारेका हुन् ।

    अहिलेसम्म आइपुग्दा सुमार्गीको काठमाडौंमा अथाह चल र अचल सम्पत्ति छ ।

    काठमाडौंको विशालनगरमा करिब २० रोपनी जग्गामा बनेको फ्रान्सेली राजदूतको निजी निवास सुमार्गीको स्वामित्वमा छ ।

    तीनकुने–थापाथली क्षेत्रको दर्जन ठाउँमा उनको घरजग्गा छ जसको मूल्य अर्बौं हुन आउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images