images
images
  • आईएमई लाइफलाई ‘बीपीए अवार्ड–२०२५’ अन्तर्गत ब्रान्ज अवार्ड

    काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत ब्रान्ज अवार्ड प्राप्त गरेको छ ।

    असार १६ गते काठमाडौंमा आयोजित  विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन् ।

    आर्थिक वर्ष २०८१-८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनसम्बन्धी मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको आईक्यानले जनाएको छ ।

    कम्पनीका अनुसार यो सम्मानले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत संस्कृतिको रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिएको पुष्टि गरेको छ ।

    अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पवन खड्काले उक्त उपलब्धि सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गौरवको विषय भएको बताए । उनले यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने जिम्मेवारी थपिएको उल्लेख गर्दै कम्पनीप्रति विश्वास व्यक्त गर्ने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।

    यसैबीच, कम्पनीले वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ए माइनस’ क्रेडिट रेटिङ पनि प्राप्त गरेको जनाएको छ ।

    हाल आईएमई लाइफको देशभर १६० शाखा तथा उपशाखा, ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेको छ । ‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कम्पनीले वित्तीय पारदर्शिता, सुशासन र ग्राहकमुखी सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राखेको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images