images
images
  • नेप्से परिसूचकमा झण्डै २५ अंकको गिरावट, सवा ३ अर्बको कारोबार

    काठमाडौं – धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक २४.६३ अंकले ओरालो लागेर २६०८.३३ विन्दुमा कायम भएको छ ।

    मंगलबार बजारमा कुल ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ७९ हजार २८६ पटक खरिदबिक्री भएका छन्। जसबाट कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    मंगलबार कारोबार भएका समग्र उपसूचकहरूमा गिरावट आउँदा बजार राताम्मे बनेको छ। समूहगत रूपमा ट्रेडिङ समूहमा सबैभन्दा धेरै १.७४ प्रतिशतको गिरावट देखिएको छ ।

    आज कारोबारमा आएका कम्पनीहरूमध्ये जम्मा ३५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २३५ कम्पनीको मूल्य ओरालो लागेको छ। बाँकी ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images