images
images
  • भेनेजुएला भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

    काराकास– भेनेजुएलाको राजधानी काराकासनजिकै ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन् ।

    कम गहिराइमा केन्द्रित भूकम्पका कारण काराकास र तटीय सहर ला गुइरामा सयौँ भवन क्षतिग्रस्त भएका छन् ।

    उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारमा जुटेका छन् भने हजारौँ नागरिक घरबारविहीन बनेका छन् ।

    भूकम्पपछि ३० भन्दा बढी पराकम्प गइसकेका छन् ।

    मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि क्षतिग्रस्त भएपछि बन्द गरिएको छ ।

    अमेरिका लगायत विभिन्न देशले खोज, उद्धार र राहतका लागि सहयोगको घोषणा गरेका छन् ।

    अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार सन् १९०० यता भेनेजुएलामा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।

    यसको धक्का छिमेकी कोलम्बियासम्म महसुस भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images