काठमाडौं– इरानले आफ्ना स्वीकृत समुद्री मार्ग प्रयोग नगर्न चेतावनी दिएको केही घण्टामै स्ट्रेट अफ होर्मुजमा सिङ्गापुरको झन्डाबाहक मालवाहक जहाज ‘एभर लभ्ली’ माथि आक्रमण भएको छ ।
घटनापछि संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ)ले जहाज उद्धार तथा सुरक्षित निकासी अभियान अस्थायी रूपमा स्थगित गरेको छ ।
बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार ओमान नजिक जहाजमा क्षेप्यास्त्र प्रहार भएको हो भने अमेरिकी अधिकारीहरूले आक्रमण इरानबाट भएको दाबी गरेका छन् ।
सुरक्षा स्रोतले ड्रोन आक्रमण भएको हुन सक्ने जनाएको छ ।
घटनापछि कच्चा तेलको मूल्य करिब २ प्रतिशतले बढेको छ ।
विश्वको करिब पाँचौँ हिस्सा तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले विश्व ऊर्जा बजार र इरान–अमेरिका युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपिएको छ ।


विश्व खबर 




















