images
images
  • यी हुन् रास्वपा उपसभापति र महामन्त्रीका दाबेदार

    काठमाडौ.– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक निर्वाचित महामन्त्री पदका लागि पाँच जना नेताले दाबी गरेका छन् ।

    हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा प्रतिस्पर्धामा छन् ।

    दुईमध्ये एक महामन्त्री भने सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

    उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारी दाबेदार छन् भने तीन सहमहामन्त्री पदका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा.अंकिता यादव मैदानमा छन् ।

    पदाधिकारी चयनका लागि सहमतिको प्रयास भइरहे पनि सहमति नभए मतदान हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images