काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार वाम आन्दोलनविरुद्ध नियोजित रूपमा परिचालित भएको दाबी गर्दै कम्युनिस्ट शक्तिबीच कार्यगत एकताको आवश्यकता पर्न सक्ने बताएका छन् ।
मंगलबार बसेको सचिवालय बैठकमा उनले एमाले र अन्य वामपन्थी शक्तिविरुद्ध दबाब बढेकाले समान विचार भएका दलसँग संवाद र सहकार्य आवश्यक हुन सक्ने बताएका हुन् ।
बैठकले नेता विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमालेले सरकारको कदमविरुद्ध देशव्यापी ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने जनाएको छ ।
यसैबीच, पार्टीले चुनावी समीक्षा र पुनर्गठनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम भने नरोक्ने निर्णय गरेको छ। गण्डकी र मधेश प्रदेशमा तय भएका भेला तथा समीक्षा कार्यक्रम यथावत् सञ्चालन हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























