काठमाडौं– कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको छ ।
विस्फोटमा सहसेनानी हिमराज जोशी घाइते भएका छन् ।
बिहीबार बिहान भएको घटनामा गम्भीर घाइते विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।
घाइते सहसेनानी जोशीको अवस्था सामान्य रहेको छ ।
उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























