images
images
  • रास्वपाले प्रदेश खारेज गर्ने मुद्दा अघि सारेपछि के भन्छन् पूर्वप्रम बाबुराम ?

    काठमाडौं– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रदेश सभा खारेजीको एजेन्डा त्यागेर सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संघीयता भत्काउने निर्णय ठूलो भूल हुने बताएका छन् ।

    संविधान संशोधनबारे राष्ट्रिय सहमति नबनी एकल रूपमा यस्तो एजेन्डा अघि बढाउँदा राजनीतिक तथा सामाजिक विश्वासको संकट निम्तिन सक्ने उनको भनाइ छ ।

    नेपालमा लामो संघर्षपछि संघीय व्यवस्था स्थापित भएको स्मरण गराउँदै भट्टराईले यसलाई कमजोर पार्ने प्रयासले जातीय र क्षेत्रीय द्वन्द्व बढाउन सक्ने चेतावनी दिएका छन् ।

    उनले रास्वपालाई संविधान संशोधनमा व्यापक सहमति नबन्दासम्म विवादित विषयभन्दा सुशासन र विकासका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images