काठमाडौं– महाधिवेशन लम्बिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिहरू पदाधिकारी निर्वाचन कुर्नु नपरी घर फर्किन थालेका छन् ।
९९ केन्द्रीय सदस्यका लागि मतदान जारी रहेकै बेला धेरै प्रतिनिधि चितवनबाट फर्किएको स्रोतले जनाएको छ ।
एक उम्मेदवारका अनुसार ५० प्रतिशतभन्दा बढी प्रतिनिधि फर्किसकेका छन् ।
करिब ४,१०० प्रतिनिधि रहेको भनिए पनि निर्वाचन आयोगले यकिन संख्या सार्वजनिक गरेको छैन ।
सभापति र केन्द्रीय सदस्यको निर्वाचनपछि मात्रै पदाधिकारीका लागि मतदान हुने भए पनि त्यसको कार्यतालिका आयोगले अझै सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्























