काठमाडौं– राहदानी खरिद ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम जोडिएको छ ।
परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयानमा प्रधानमन्त्री ओलीकै निर्देशनमा पासपोर्ट ठेक्का दुई प्याकेजमा विभाजन गरिएको बताएका छन् ।
नेपालका अनुसार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा ओलीले प्रतिस्पर्धा र पारदर्शिताका लागि ठेक्का दुई भागमा विभाजन गर्न निर्देशन दिएका थिए ।
अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा पनि उक्त बयान उल्लेख गर्दै ठेक्का विभाजनलाई बदनियतपूर्ण र भ्रष्टाचारको उद्देश्यबाट गरिएको दाबी गरेको छ ।
अख्तियारको निष्कर्ष अनुसार ठेक्का टुक्र्याउँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको र गैरकानुनी लाभका लागि मिलेमतो गरिएको देखिन्छ ।
यद्यपि, ओलीबारे थप अनुसन्धान वा कारबाही सम्बन्धी विवरण आरोपपत्रमा उल्लेख गरिएको छैन ।























