काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ ।
चितवनमा जारी प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार ३ लाख ९६ हजार ७८९ पुरुष, ८९ हजार ८९६ महिला, ५८८ अन्य तथा ३६ हजार १९२ जनाले लैंगिकता नखुलाएको उल्लेख छ ।
प्रतिशतका आधारमा पुरुष ७५।८, महिला १७।२, अन्य ०।१ र लैंगिकता नखुलाउने ६।९ प्रतिशत छन् ।
महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
सातै प्रदेशबाट ५–५ जना अनिवार्य निर्वाचित हुने व्यवस्था छ, जसमा प्रत्येक प्रदेशबाट कम्तीमा २ महिला रहनेछन् ।
बाँकी ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्























