images
images
  • रास्वपा सह–महामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री पदमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

    चितवनमा जारी महाधिवेशनस्थलमा मंगलबार पत्रकार सम्मेलन गर्दै दुवै जनाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

    न्यौपाने हालसम्म अनुशासन आयोगको उपप्रमुखको जिम्मेवारीमा रहेका थिए भने प्रसाईं सहप्रवक्ता हुन् ।

    रास्वपाको विधानअनुसार सह–महामन्त्रीमा पाँच जना रहने व्यवस्था छ ।

    महाधिवेशनको बन्दसत्र नजिकिँदै गर्दा उम्मेदवारी घोषणा तीव्र हुँदै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images